समाचार
दृष्टीविहिन बालबालिकाको लागि साङ्गेतीक वाद्यवादन सामाग्री प्रदान
दृष्टीविहिन बालबालिकाको लागि साङ्गेतीक वाद्यवादन सामाग्री प्रदान
दृष्टीविहिन बालबालिकाको लागि साङ्गेतीक वाद्यवादन सामाग्री प्रदान गरिएको छ ।
राप्ती गाउँपालिका वडा नं २ ले आदर्श नमुना माध्यामीक विद्यालयमा अध्यनतर दृष्टीविहिन बालबालिकाको प्रयोगको लागि वाद्यवादन सामाग्री उपलब्ध गराएको हो ।
आईतवार वडा अध्यक्ष जगत बहादुर थापाको अध्यक्षतामा भएको एक कार्यक्रममा आदर्श नमुना माध्यामीक विद्यालयको छात्राबासमा अध्यनरत १४ दृष्टीविहिन लाई प्रयोग गर्ने गरि वाद्यवादन सामाग्री विद्यालयका प्रधानाध्यापक किरण पोख्रेललाई हस्तान्तरण गरिएको छ ।
वडा अध्यक्ष जगत बहादुर थापाको अध्यक्षता, राप्ती गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वास विकको प्रमुख आथित्यता भएको कार्यक्रममा वडा कार्यालयको तर्फवाट वाद्यवादन सामाग्रीको रुपमा हर्मोनियम, गीतार, मादल, सारङ्गी, खैजडी, ट्याम्कुन, मुरली, बासुरी, चाँप उपलब्ध गराईएको हो ।
दृष्टीविहिन बालबालिको अध्यन तथा कल गलामा उत्कृष्टता ल्याउदै मनोरन्जन समेत गराउने उदेश्यका साथ वाद्यवादन सामाग्री प्रदान गरिएको वडा अध्यक्ष जगत बहादुर थापाले बताउनु भएको छ । साथै अध्यक्ष थापाले आगामी दिनमा वडा कार्यालयको तर्फवाट थप आवस्यक सामाग्री समेत उपलब्ध गराउने प्रतिवद्धता समेत गर्नुभएको छ ।
वाद्यवादन सामाग्री हस्तान्तरण कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका बुद्धिराम चौधरी, वडा सचिब दामोदर पोख्रेल, दृष्टीविहिन शिक्षक चोलाराम अधिकारी, समाजसेवी बासुदेव न्यौपाने, तुला गीरी, दृष्टीविहिन बालबालिका विरेन्द्र गीरी लगायतको सहभागीता रहेको थियो
तिर्थराज ज्ञवाली
पौष ६, लालमटिया(देउखुरी दाङ)