FAQs Complain Problems

समाचार

राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षाः पुर्ण उपलब्धिमा कोभिड १९ बाधक

राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा ः पुर्ण उपलब्धिमा कोभिड १९ बाधक दाङ जिल्लाको राप्ती गाउँपालिका स्वास्थ्य शाखाले गत वर्षको स्वास्थ्यको वार्षिक समिक्षा गदै कोभिडका कारण पुर्ण रुपमा उपलब्धि हासील गर्न नसकिएको निकर्ष निकालिएको छ । गत आर्थिक वर्षमा भएगरेका स्वास्थ्य गतिविधि बाट यस आर्थिक वर्षमा थप नयाँ तथा सुधारका क्रियाकलाप लाई अघि बढाउने उदेश्यका साथ समिक्षा कार्यक्रम गरिएको थियो । राप्ती गाउँपालिका स्वास्थ्य संस्था बाट गत वर्षमा प्रदान गरिएका सेवा सुविधा तथा कठिनाईका वारेमा विश्लेषण सहित समिक्षा गरिएको हो । जनप्रतिनिधि, स्वास्थ्य कर्मचारी, जिल्ला जनस्वास्थ्य कार्यालय प्रतिनिधि, विश्व स्वास्थ्य संगठन नेपाल प्रतिनिधि, तथ्याङ कार्यालय प्रतिनिधि सहितको समिक्षा कार्यक्रममा राप्ती गाउँपालिकाका २ वटा स्वास्थ्य चौकी, र ३ वटा स्वास्थ्य ईकाइले प्रदान गरेका जन स्वास्थ्यका विषयमा प्रमुहरुले प्रतिवेदन पेश गर्नु भएको थियो । सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको संयोजकत्वमा भएको समिक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख डा. अंगद बहादुर शाहि, वडा अध्यक्ष जगत बहादुर थापा, विश्व स्वास्थ्य संगठन नेपाल प्रतिनिधि डा. पवन कुमार उपाध्याय लगायतले राप्ती गाउँपालिकाको स्वास्थ्य संस्थाको गत वर्षको प्रगतिको समिक्षा तथा सुधारको विषय तथा कोभिड १९ को प्रभाव र बच्ने उपायका वारेमा विश्लेषणात्मक विचार ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा समग्र गाँउपालिकाको स्वास्थ्य प्रमुख नारायण राउत र सिसहनिया स्वास्थ्य चौकीको गत वर्षको प्रगति विवरण प्रमुख धन बहादुर खड्का, लालमटिया स्वास्थ्य चौकीका प्रमुख गीर बहादुर पौडेल, मौरीघाट स्वास्थ्य ईकाईको प्रगति विवरण प्रमुख जानकी रोका, पत्थरगढवा स्वास्थ्य ईकाईको प्रगति विवरण प्रमुख चन्द्रा चौधरी, देविकोट स्वास्थ्य ईकाईको प्रगति विवरण प्रमुख कार्कीले स्वास्थ्यका विषयमा प्रमुहरुले प्रतिवेदन पेश गर्नु भएको थियो । स्वास्थ्यको वार्षिक समिक्षा कार्यक्रममा खोप कार्यक्रमको एक झलक, स्वास्थ्य चौकीको कार्यक्षेत्र, अनुमानित गभवती महिला, अनुमानित जिवित जन्म संख्या, १ बर्ष मूनिको जनसंख्या, स्वास्थ्य संस्था भएको वडा पूर्ण खोप घोषणा भएका अवस्था, स्वास्थ्य संस्था भएको वडा पूर्ण प्रसूति घोषणा भएको विवरण, मानव शंसाधन को विकास को अवस्था, स्वीकृत दर वन्दी , तालिम व्यवस्थापन, उपकरण सम्वन्धी विवरण, हालको अवस्था संख्यामा, यूनतम सेवा प्रदान गर्न आवश्यक थप उपकरणहरूको उपलब्धता, शून्य मौज्दात भएका निशुल्क तथा अत्यावश्यक औषधीहरूको नाम, औषधी व्यवस्थापनको अवस्था, स्वास्थ्य संस्थाको भौतिक संरचना तथा अन्य सेवा सम्वन्धी विवरण, भौतिक संरचना सम्वन्धी विवरण, स्वास्थ्य संस्थाको स्वामित्वमा ( जग्गा धनी पुर्जा) रहेको जग्गा, स्वास्थ्य संस्थाको आफ्नै भवनको अवस्था, भवन स्वास्थ्य मन्त्रालयको मापदन्ड अनुसारको , भवनको कोठाहरूको प्रयाप्तता, स्वास्थ्य संस्था प्रसुति केन्द्र, मापदन्ड अनुसारको प्रसुति केन्द्र भवन, प्रसुति केन्द्रमा प्लासेन्टा पिटको व्यवस्था, स्वास्थ्य संस्थामा नर्सिङ स्टाफको लागि अवासको ब्यवस्था, महिला तथा पुरूषको लागि छुट्टा छुट्टै शैचालयको ब्यवस्था, अपांग मैत्री शैचालयको व्यवस्था, शुद्ध खानेपानीको नियमित उपलब्धता, टेलीफोन सेवाको उपलब्धता (चालु अवस्था ), विधुतको नियमित उपलब्धता, सोलार ब्याकअप , कम्प्युटर वा ल्यापटप रहे नरहेको, इन्टरनेटको उपलब्धता, स्वास्थ्य संस्थामा एम्वुलेन्स सेवाको उपलब्धता, मोटरवाटो देखि स्वास्थ्य संस्था सम्मको दुरी, स्वास्थ्य संस्थामा स्ट्रेचर उपलब्धका वारेमा जानकारी गरिएको थियो । स्वास्थ्य संस्थाको भौतिक संरचना तथा अन्य सेवा सम्वन्धी विवरणमा राप्ती गाउँपालिकाका स्वास्थ्य संस्थामा ५ वटा अस्थाइ परिवार योजना सेवा, किशोर किशोरी मैत्री स्वास्थ्य संस्था ,पोषण पुनस्थापन गृह र केन्द्र, माइक्रोस्कोपिक सेन्टर, न्यूवर्न करनर सेवा, नागरिक वडापत्रको, सामाजिक नक्साको, अत्यावश्यक अषधीको सूचिको, कार्यरत कर्मचारीको विवरण, महिला स्वास्थ्य स्वयं सेविकको फोटो सहितको नामावलीको र २०७५ को निदेशिका अनुसार स्वास्थ्य संस्था संचालन तथा ब्यवस्थापन समिति गठन का वारेमा छलफल तथा जानकारी गरिएको छ । स्वास्थ्य संस्थाहरुले सञ्चालनमा ल्याएका गाउँघर किल्निकको विवरण, प्रयाप्त उपकरण , गाउँघर क्लिनिकको भवन, स्वास्थ्य संस्थावाट पैदल दुरी, सामुदायिक स्वास्थ्य इकाइ वा अधारभूत स्वास्थ्य सेवा केन्द्र सम्वन्धी समेत जानकारी गरिएको छ । साथै आईपरेका कठिनाईलाई समाधान गर्दै लैजान सरोकार वालाको सहयोग लिने समेत निकर्ष निकालिएको छ । स्वास्थ्य सुचना व्यवस्थापन प्रणाली सम्बन्धी विवरणका साथै स्वास्थ्य कार्यक्रमको मुख्य प्रगतिहरू, स्वास्थ्य संस्थाको मासिक प्रतिवेदन संख्या, गाउँघर किल्नीकको मासिक प्रतिवेदन संख्या, खोप किल्नीकको मासिक प्रतिवेदन संख्या, प्रतिवेदन गने महिला स्वास्थ्य स्वयंसेविकाहरूको संख्या, स्वास्थ्य संस्थावाट प्रतिदिन सेवा दिएको औषत संख्या, गाउँघर किल्नीकहरू प्रतिदिन सेवा दिएको औषत संख्या, खोप किल्निकहरूवाट प्रतिदिन सेवा दिएको औषत संख्या, महिला स्वास्थ्य स्वयंसेविकाहररू वाट प्रति महिना सेवा दिएको औषत संख्या, स्वास्थ्य सेवाको लागि सेवा लिन आएका नया सेवाग्राहीहरूको संख्या, स्वास्थ्य संस्थामा सेवा लिन आएका जेष्ठ नयाँ सेवाग्राहीहरूको संख्या र स्वास्थ्य सेवाको लागि सेवा लिन आएका औषत पटकका वारेमा स्वास्थ्य संस्थाका प्रमुखहरुले विवरण प्रस्तुत गर्नु भएको छ । राप्ती गाउँपालिकामा गत आर्थिक वर्षको खोप कार्यक्रमलाई विगतका वर्षमा भन्दा सुधार गर्दै खोप लाई निरन्तरता र सबैको पहुचमा पुराउन सबै खोप केन्द्रमा सक्रिय रहेको बताईएको छ । खोप कार्यक्रमको मुख्य सुचकहरूको अवस्था, वि.सि.जि खोप लगाउने १ वर्ष मुनीका शिशु संख्या, डि.पी.टी–हेप बि –हिब ३ तेस्रो खोप लगाउने १ वर्ष मुनीका शिशु संख्या, पोलीयो खोप तेस्रो लगाउने १ वर्ष मुनीका शिशु संख्या, पि.सी.भी.तेस्रो खोप लगाउने १ वर्ष मुनीका शिशु संख्या, एफ.आइ.पी.भी. पहिलो खोप लगाउने १ वर्ष मुनीका शिशु संख्या, दादुरा रूवेला खोप लगाउने ९ देखि ११ महिनाका बच्चा संख्या, जापानीज इन्सेफल्याइटिस खोप लगाउने ११ देखि २३ महिनाका बच्चा संख्या, दादुरा रूवेला खोप लगाउने १२ देखि २३ महिनाका बच्चा संख्या, टि.डि २ र २ प्लस खोप लगाउने गर्भवति महिला संख्या, वि.सि.जि खोप र दादुरा रूवेला पहिलो खोप पहिलो बिचको ड्रपअउट दर, दादुरा रूवेला खोप पहिलो र दोस्रोबिचको ड्रपअउट दर, डि.पी.टी–हेप बि १– दादुरा रूवेला दोस्रो बिचको ड्रपअउट दर, वि.सि.जि खोप खेर जाने दर, डि.पी.टी–हेप बि –हिब खोप खेर जाने दर, पोलीयो खोप खेर जाने दर, दादुरा रूवेला खोप खेर जाने दर, जापानीज इन्सेफल्याइटिस खोप खेर जाने दर, टि.डि खोप खेर जाने दर समेत ५ वटै स्वास्थ्य संस्थाले जानकारी गरेका छन् । बालबालिका तथा लक्षित उमेरको पोषण कार्यक्रमको मुख्य सुचकहरूको अवस्था समेत जानकारी गरिएको छ । बृदि अनुगमनको लागि दता भएका १ वर्ष मुनीका बच्चा संख्या नयाँ भेट , बृदि अनुगमनको लागि दता भएका ० देखि २३ महिनाका बच्चा संख्या नयाँ भेट , नयाँ बृदि अनुगमन गरेका मध्य कुपिषत बालबालिकाहरूको २ वर्ष मुनीका,बृदि अनुगमनमा २ वर्ष मुनीका शिशुहरूको औषत भेट, पहिलो चरणमा भिटामिन ए को आम वितरण संख्या, दोस्रो चरणमा भिटामिन ए को आम वितरण संख्या, पहिलो चरणमा जुकाको औषधि वितरण संख्या, दोस्रो चरणमा जुकाको औषधि वितरण संख्या, अति सिघ्र कुपोषितहरू मध्ये निको भएकाको संख्या, कडा सिघ्र कुपोषितहरू मध्ये जम्मा मृत्य भएकाको संख्या, कम्तीमा १ साइकल ६० पिस बालभिटा पाउने ६ देखि २३ महिनाको बच्चा संख्या र ३ साइकल १८० पिस बालभिटा पाउने ६ देखि २३ महिनाको बच्चा संख्या बारे जानकारी गराईएको छ । जन्मने बितिक्कै नाभीमा नाभीमलम लगाएका नवजात शिशुको संख्या गम्भीर संक्रमण भएका ० देखि २ महिनाका शिशुको संख्या, जेन्टामाइसीनको पुरा डोज पाउने शिशुको संख्या, शिशुको मृत्यु संख्या, नवजात शिशुको मृत्यु संख्या श्वास प्रश्वास रोग, ५ वर्ष मुनीका बालबालिकाहरूमा श्वास प्रश्वासको समस्या भएकाको, निमो निया र गम्भिर निमोनिया भएका ५ वर्ष मुनीका बालबालिकाहरूको नयाँ बिरामी मध्ये, नयाँ श्वास प्रश्वास समस्या भएका मध्ये गम्भिर निमोनिया भएकाको अनुपात, निमोनिया भएका मध्ये एन्टीवायटिक वाट उपचार गरेको संख्या, श्वास प्रश्वास समस्या वाट मृत्यु हुने संख्या ५वर्षमुनीका बालबालिकाहरूमा झाडापखाला लागेकाको संख्या, ५ वर्षका बालबालिकाहरूमा कडा जल वियोजन भएको नयाँ झाडापखालाका बिरामी, बालबालिकाहरूको संख्या, झाडापखालावाट मृत्यु हुने ५ वर्ष मुनीका बालबालिकाहरू को वारेमा तुलनात्मक विश्लेषण गरिएको छ । प्रस्तुत गरिएको प्रतिबेदनमा सुरक्षित मातृत्व कार्यक्रमको मुख्य सुचकहरूको अवस्था, कुनै पनि समयमा पहिलोपटक गर्भजाँच गर्ने गर्भवति महिलाहरूको संख्या, प्रोटोकल अनुसार चौथो महिनामा गर्भजाँच गर्ने गर्भवति महिलाहरूको संख्या, प्रोटोकल अनुसार ४ गर्भजाँच गर्ने गर्भवति महिलाहरूको संख्या, गर्भवति अवस्थामा १८० वटा आइरन चक्कीखाने महिलाहरूको संख्या, स्वास्थ्य संस्थामा सुत्केरी हुने जम्मा महिलाहरूको संख्या, दक्ष प्रसुतिकर्मी वाट स्वास्थ्य संस्था वा घरमा सुत्केरी हुने महिलाहरूको संख्या, स्वास्थ्य संस्थामा भ्याकुम, फोरसेप र अप्रेसनवाट सुत्केरी हुने महिलाहरूको संख्या, प्रोटोकल अनुसार ३ पटक उत्तर प्रसुति जाँच गराउने महिलाहरूको संख्या, भिटामिन ए क्यापसुल खाने सुत्केरी महिलाहरूको संख्या, स्वास्थ्य संस्थामा सुत्केरी भएका मध्ये आमा सुरक्षा कायक्रम बाट यातायात सुविधा पाउने महिलाहरूको संख्या, स्वास्थ्य संस्थामा सुत्केरी भएका मध्ये आमा सुरक्षा कायक्रम बाट गभजाँच उत्प्रेरणा सुविधा पाउने महिलाहरूको संख्या, आकश्मिक मातृ सेवा पाएका महिलाहरूको प्रतिशत, प्रसुति जटिलता सेवा पाएका महिलाहरूको संख्या, सुरक्षित गर्भपतन सेवा लिएका महिलाहरूको जम्मा संख्या, नवजात शिशुको मृत्यु संख्या लगायत लाई सुधार गर्दै लैजाने योजनासमेत बजाईएको छ । पछिल्लो समयमा परिवार नियोजन योजना र परिवार नियोजनका साधनको प्रयोगको अवस्थामा क्रमिक रुपमा फरक पना आईरहेको बताईएको छ । सरकारी सवास्थ्य संस्थावाट नागरिकले प्रयोग गर्दै आएको परिवार नियोजनका साधनमा आयुसिडि, इम्पलान्ट, पिल्स, डिपा, आयुसिडि, इम्पलान्ट, बन्ध्याकरण, कण्डम को प्रयोग कम हुदै गएको समेत बताईएको छ जसको कारणमा सहज रुपमा क्लीनिकहरुको उपलब्धता र ब्यक्तिगत क्लीनिकहरुले रेकर्ड नराखीदिनु रहेको बताईएको छ । महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई उर्जावान वनाउन गरिउको प्रयासका वारेमा समिक्षा गरिएको छ । स्वास्थ्य आमा समूहको बैठक संख्या, महिला स्वास्थ्य स्वयं सेविका कोष प्रयोग गर्ने महिलाहरूको संख्या, महिला स्वास्थ्य स्वयंसेवका कोषमा जम्मा रकम, स्वास्थ्य स्वयंसेवका कोषवाट लगानी भएको रकम, कोषवाट लगानी भएको रकम बा वारेमा स्वास्थ्य प्रमुखले जानकारी दिनु भएको छ । रोग नियन्त्रण कार्यक्रमहरूको मुख्य सुचकहरूको अवस्था, एच आइभी परिक्षण गरिएका गर्भवति महिलाहरूको संख्या, डेंगुको उपचार सेवा पाएकाको संख्या, हातिपाइलेको उपचार सेवा पाएकाको संख्या, सिकेल सेल रोग पोजेटिभ मध्ये उपचारमा रहेकाको संख्या बारे जानकारी गराउदै सञ्चालीत कार्यक्रमको बिश्लेषण गरिएको छ । खोप कार्यक्रम शतप्रतिशत लक्ष्य हासिल गर्न नसकिएको, लक्षित खोप लगाउने बच्चाको टार्गेट नमिलेको र १२ महिनामा ११ महिना मात्र खोप लगाइएको बताईएको छ । पोषण कार्यक्रममा ०देखी २ वर्ष मुनिका सम्पूर्ण बच्चाको तौल लिन नसकिएको, गाउँघर क्लिनिकमा तौल लिन नियमित रुपमा नआउने र स्वास्थ्य चौकीले तोकेको समयमा तौल लिन नआउने समस्या आईपरेको बताइृएको छ । सुरक्षित मातृत्व कार्यक्रमलाई प्रभावकारी बनाउदै कार्य गरिएकोमा लक्ष्यअनुरुप प्रगति हुन नसकेको, भौगोलिक विकटता स्वास्थ्य इकाई केन्द्रबाट समेत उल्लेखित सेवा प्रदान गरिने भएको, लकडाउनको कारणले छिमेकी जिल्लाबाट आउने गर्भवतीरसुत्केरी आउन नसकेको र छिमेकी स्वास्थ्य चौकीको कार्यक्षेत्रबाट आउने गरेका सेवाग्राहीहरु सोही संस्थाबाट सेवा लिन थालेको जानकारी गरिएको छ । परिवार नियोजन कार्यक्रममा आईयुसिडीको नयाँ प्रयोगकर्ता निकै कम भएको, इम्प्लान्ट सेवा लिनेको नयाँ प्रयोगकर्ताको कमीआएको, निजी सेवा प्रदायक संस्थाहरुले समेत सेवा प्रदान गरेको सेवाको प्रतिवेदन समयमै उपलब्ध नगराएको र उक्त संस्थामा विवरणहरु चुस्तदुरुस्त नराखिएको जानकारी गरिएको छ । तिर्थराज ज्ञवाली असोज ९, मसुरीया(देउखुरी दाङ)

आर्थिक वर्ष: