FAQs Complain Problems

समाचार

नौमुरे बहुउद्देश्यीय आयोजनाको सार्वजनिक सुनुवाई ।

तिर्थराज ज्ञवाली माघ २२, मसुरीया (देउखुरी दाङ ) नौमुरे बहुउदेश्यीय आयोजनाको वातावरणीय प्रभाव मूल्याङकनको मस्यौदा प्रतिबेदन को विषयमा सार्वजनिक सुनुवाई गरिएको छ । नौमुरे बहुउदेश्यीय आयोजनामार्फत प्यूठान, अर्घाखाँची र कपिलबस्तुबाट २ सय ८१ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सहितको आयोजनाका लागि राप्ती नदिको लामातालमा १ सय ६९ मिटर अग्लो ड्याम निर्माण गरिने बताईएको छ। विद्युत विकास विभागका सिसनयर डिभिजन प्रमुख गौरी प्रसाद शाहको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिकोे प्रमुख आथित्यतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानिय कुलोपानी समितिका प्रतिनिधि, जनप्रतिनिधि तथा संध संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नौमुरे बहुउदेश्यीय आयोजनाको वातावरणीय प्रभाव मूल्याङकनको मस्यौदाका बारेमा विद्युत विकास विभागका गौरी प्रसाद शाह, हरि बहादुर खत्रि, डा. नारायण मान श्रेष्ठ, डा. ज्योति प्रसाद गजुरेल, शंकर बहादुर साउदले जानकारी गराउनु भएको थियो । कार्यक्रममा सहभागि स्थानिय जनप्रतिनिधि तथा कृषक अगुवाहरुले देउखुरीको शानको रुपमा रहेको कृषि भुमि सिचाई तथा नागरिकको पानीको प्रयाप्तताको सुनिश्चितता हुनु पर्ने माग गर्दै लोक हिताए नौमुरे बहुउदेश्यीय आयोजनाको सफलतामा सबैले सहयोग गर्ने बताउनु भएको छ । प्युठानको सरुमारानि गाउँपालिकाको वडा नं ३, अर्घाखाचिको शितगंगा नगरपालिका वडा नं ७ र ११ र कपिलबस्तु जिल्लाको शिवराज नगरपालिकाको वडा नं १ मा स्थाई संरचना निर्माण गरि सुरु गरिने नौमुरे बहुउदेश्यीय आयोजनाको मुख्य उदेश्य विद्युत उत्पादन, सिंचाईको ब्यवस्था, बाढि नियन्त्रण, जैविक विभिधता संरक्षण, जलासय निर्माण गरेर र्‍याफ्टीङ, माछा पालन, लगायतका नमुना आयोजनाहरु सञ्चालन गर्दै लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकालाई नमुना शहर बनाउन मदत पुराउनु समेत रहेको बताईएको छ । जलासय बनाएर झिमरुक नदीको ऐरावति गाउँपालिका सम्म र माण्डवी गाउँपालिकाको देवीस्थान नयाँगाउँ सम्म सञ्चालन गर्न सकिने विभिन्न सम्भावनाका विषयमा अध्यन गरिएको र यस आयोजनाले हालको पानीको अवस्था, सिंचाईको अवस्थामा समस्या नल्याउने भन्दै विगतमा आएका विभिन्न शंका उपशंकालाई चिर्ने गरि बास्तविक प्रतिवेदन निर्माण भएको विद्युत विकास विभागका गौरी प्रसाद शाहले जानकारी दिनु भएको छ । विगतमा धेरै अध्यनका काम सुरु गरि विचमै अलपत्र परेका मस्यौदा प्रतिवेदनहरुलाई थाति राख्दै करिव ३ वर्ष पहिलेदेखी पुनः अध्यनको काम सूरु गरिएको सो नौमुरे बहुउदेश्यीय आयोजनाको नेपाल सरकार उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय, विद्युत विकास विभागको प्रस्तावमा ईन्भाईरोमेन्ट एण्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्ट प्रालि नेपाल, एकिओना ईन्जिनियरिया एस. ए स्पेन र नेपाल ईन्भाईरोमेन्ट एण्ड साईन्टिफिक सर्भिसेज प्रा लिको जेभिमा वातावरणीय प्रभाव मूल्याङकनको मस्यौदा प्रतिबेदन तयार गरेको हो । नौमुरेलाई जलासय युक्त बनाएर कपिलवस्तु हुँदै भारतको विहारमा पानी लैजाने सर्तमा आयोजना भारत सरकारले उपहार स्वरुप बनाइदिन तयार भएपनि त्यसको विरोध भएपछि नेपाल सरकारले २०७१ साल साउनमा काम आफैं अघि बढाउने निर्णय गरेको थियो ।

आर्थिक वर्ष: