FAQs Complain Problems

समाचार

मध्यकालिन खर्च योजना तयारी अभिमुखीकरण कार्यक्रम ।

राप्ती गाउँपालिकाको आयोजनामा पालिकाको मध्यकालिन खर्च योजना तयारीका लागि अभिमुखीकरण कार्यक्रमको आयेजना गरिएको छ । राप्ती गाउँपालिकाका कर्मचारी सहभागि रहेको कार्यक्रम पश्चात मध्यकालिन खर्च योजना तयारीका लागि सहयोग पुग्ने छ । मध्यकालिन खर्च योजना तयारी अभिमुखीकरण कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी तथा प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालको सहभागीता रहेको छ । आवधिक योजनालाई बजेटसँग र बजेटलाई कार्य सम्पादनसँग जोड्ने औजारलाई मध्यकालीन खर्च संरचना (MTEF) भनिन्छ । यो खर्चको तीन वर्षे प्रक्षेपण गर्ने विधि हो । यो खर्चको अग्रिम योजना हो । यो सरकारी खर्च व्यवस्थापन गर्न प्रयोग गरिने एउटा नयाँ अवधारणा पनि हो । यसको पूरा रुप Medium Term Expenditure Framework हो । नेपालमा यसलाई आ.व. २०५९/६० देखि प्रयोगमा ल्याइएको छ । सरकारले गर्ने सबै खर्चलाई एउटै थलोमा राखेर प्राथमिकताका आधारमा बाँडफाँड गरी खर्चको उपलब्धि बढाउनु यसको प्रमुख उद्देश्य हो । त्यसैगरी सरकारी खर्चमा पारदर्शिता बढाउनु, खर्च गर्ने निकायलाई जिम्मेवार र जवाफदेही बनाउनु तथा सरकारी खर्चमा वित्तीय अनुशासन कायम गराउनु यसका अरू उद्देश्य हुन् । मध्यकालीन खर्च संरचनाको आवश्यकता – योजनालाई बजेटसँग र बजेटलाई कार्य सम्पादनसँग आबद्ध गरी साधनलाई उपलब्धि मूलक बनाउन, – आयोजनाहरूको प्राथमिकीकरण (p1, p2, p3.... ) गर्न, – प्राथमिकता प्राप्त आयोजनालाई साधनको सुनिश्चितता गर्न, – सीमित साधन र असीमित आवश्यकता बीचको खाडल कम गर्न, – सरकारी खर्च प्रवाहको भविशयवाणी गर्न, खर्चको अग्रिम योजना गर्न, – सरकारका सबै अंगको भूमिका स्पष्ट गर्न, – बहुवर्षीय ठेक्कालाई सहयोग गर्न, – सरकारी खर्च व्यवस्थापनका कमी कमजोरी हटाउन, – सरकारको आन्तरिक र बाह्य सबै साधनस्रोतलाई राष्ट्रिय बजेट प्रणालीमा ल्याई प्राथमिकताका आधारमा बाँडफाँड गर्न,

आर्थिक वर्ष: