FAQs Complain Problems

दाङमा कार्यसम्पादन मूल्याङ्कनमा राप्ती गाउँपालिका पहिलो ।

प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनमा जिल्लाका १० स्थानीय तहमध्ये राप्ती पहिलो नम्बरमा देखिएको हो । १७ सूचकका आधारमा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गर्दा दाङक १० पालिका मध्ये राप्ती गाउँपालिका सबै भन्दा उब्बल रहेको छ । राप्तीले ६४.१७७५ अंक प्राप्त गरेको पालिकाका कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनका फोकल पर्सन तथा सूचना प्रविधि अधिकृत बाल चन्द्र गुरुङले जानकारी दिए ।

त्यस्तै बंगलाचुली गाउँपालिकाले ५९.१६, तुलसीपुर उपमहानगरपालिकाले ५८.५४, दंगीशरण गाउँपालिकाले ५५.६२, शान्तिनगर गाउँपालिकाले ५३.७९, घोराही उपमहानगरपालिकाले ४९.२८ अंक प्राप्त गरेको छ । त्यस्तै लमही नगरपालिकाले ४९.१४, बबई गाउँपालिकाले ४५.८८, राजपुर गाउँपालिकाले ४५.०१ र गढवा गाउँपालिकाले ४०.४९ अंक प्राप्त गरेको छ ।

यही मूल्याङ्कनका आधारमा आयोगले आव २०८०/८१ का लागि यसङ्घबाट स्थानीय तहमा प्रदान गर्ने समानीकरण अनुदानको रकम सिफारिस हुने जनाइएको छ । आयोगले कार्यसम्पादन सूचक मूल्याङ्कनबाट प्राप्त अंक र तथ्याङ्क सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक गरेको सूचकअनुसार सघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान सिफारिस गर्ने गरिन्छ ।

सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्कसमेतका आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्कन गरेर अंक प्रदान गरेको हो । स्थानीय तहले गरेका विकास निर्माणका कामका साथै प्रशासन सञ्चालन तथा सुशासनजस्ता विभिन्न विषयको प्रभावकारिताका आधारमा उनीहरुलाई अंक दिने गरिन्छ । यस अघिको मुल्याङ्कनमा पनि पालिका जिल्लामा १ नम्बर रहको र  यो दोस्रो पटक पनि १ नम्बरमाहुन सफल रहेको गुरुङले बताउनुभयो ।

मूल्यांकनका आधारः
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको हकमा समयमा बजेट पेस गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको, राजस्व बाँडफाँट गरे–नगरेकोदेखि बजेट बेरुजु, विद्यार्थी भर्नाको अवस्था, गर्भवतीको संख्यालगायत १७ सूचकलाई मूल्यांकनको आधार बनाएको थियो । आ.व.०८०/८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्न आयोगले यस्तो मूल्यांकन गरेको हो ।

कार्यसम्पादनमा दाङका कुन स्थानीय तहको कति अंक?

स्थानीय तह

प्राप्त अंक

राप्ती गाउँपालिका

६४.१७

बंगलाचुली गाउँपालिका

५९.१६

तुलसीपुर उपमहानगरपालिका

५८.५४

दंगीशरण गाउँपालिका

५५.६२

शान्तिनगर गाउँपालिका

५३.७९

घोराही उपमहानगरपालिका

४९.२८

लमही नगरपालिका

४९.१४

बबई गाउँपालिका

४५.८८

राजपुर गाउँपालिका

४५.०१

गढवा गाउँपालिका

४०.५९

 

 

आर्थिक वर्ष: