समाचार
राप्तीमा आरन सामाग्री बितरण
अराप्तीमा आरन सामाग्री बितरण
२८ असोज, मसुरीया(दाङ)
राप्ती गाउँपालिकाले आरनको काम गर्नेहरुलाई आईतवार आरन सामाग्री वितरण गरेको छ ।
राप्ती गाउँपालिकाले राप्ती गाउँपालिका क्षेत्रमा आरनको काम गर्ने दलित समुदाएका २७ घरपरिवारलाई आरन पेशामा सहयोग होस भनि हाते पंखा, कट अफ मेसीन र अल्फा पाववर टुल्स सहयोग गरेको छ ।
राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, कार्यपालिका सदस्य सन्जिब परियार तथा दलित वडा सदस्यहरुको सदभागीतामा वडा नं ५ को कार्यालयबाट आरन सामाग्री वितरण गरिएको छ ।