समाचार
राप्तीले घर नक्सा अभिलेखीकरण निर्देशिका २०७५ लागु गर्दै
राप्तीले घर नक्सा अभिलेखीकरण निर्देशिका २०७५ लागु गर्दै
राप्ती गाउँपालिका गाउँकार्यपालिकाको यस आर्थिक वर्ष ०७४।०७५को बिसौ बैठक राप्ती गाउँपालिका गाउँकार्यपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा बसी घर नक्सा अभिलेखीकरण निर्देशिका २०७५ तथा विभिन्न महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।
बैठकले घर नक्सा अभिलेखीकरण निर्देशिका २०७५ जारी गर्दै २०७५ जेष्ठ ११ गतेदेखी अगाडी बनेका घरहरुको अभिलेखीकरणलाई तिब्रता दिने निर्णय गरेको छ ।
साथै बिसौ बैठकले नदिखोला जन्य पदार्थको उपभोग तथा परिचालन गर्न गनाहा खोला, बगासोती, करङदी, पीपरी खोला, दोलहि खोला र राप्ती नदिको चैते देखी मझेरीया सम्मको क्षेत्रको आई ई ई गर्ने निर्णय समेत गरेको छ ।
बैठकले राप्ती गाउँपालिका स्तरिय यातायात गुरुयोजना २०७५ लाई अनुमोदन गदै आगामी दिनदेखी लागुगर्ने, मेसीनरी औजार संचालन तथा भाडा सम्वन्धि निर्देशिका २०७५ र राप्ती गाउँपालिकाका प्राविधिक तथा श्रेणी विहिन कर्मचारी ब्यवस्थापन सम्वन्धि कार्यविधि २०७५ स्वीकृत गरेको छ ।
बैठकले भवन निर्माण तथा योजना मापडण्ड २०७५ स्वीकृत गर्दै २०७५ साल जेष्ठ १२ पश्चात निर्माण हुने तथा हाल निर्माणधिन भवनहरुले अनिवार्य रुपमा भवन निर्माण तथा योजना मापदण्डलाई कडाईका साथ पालना गराउने र सो मापदण्ड विपरीत बन्ने घरहरुलाई निर्माण रोक्का गरि स्थानिय सरकार संचालन ऐन २०७५ बमोजिम कारवाहि चलाउने समेत निर्णय गरेको राप्ती गाउँपालिकाका प्रबक्ता विद्याशरण चौधरीले जानकारी दिनुभएको छ ।
post -तिर्थराज ज्ञवाली