FAQs Complain Problems

समाचार

विपद् जोखिम व्यवस्थापन स्थानीयकरण सम्बन्धी स्थानीय तहहरुका लागि २ दिने क्षमता अभिवृद्धि सञ्चालित तालिम सम्पन्न ।

नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा अमेरिकी अन्तराष्ट्रिय सहायता नियोग (USAID/BHA)को सहयोग अन्तर्गत आप्रवास संगठन (IOM-UN Migration) मार्फत गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सँगको सहकार्यमा भुकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) , लुथरन वल्ड फेडेरेसन् (LWF) र प्राक्टिकल एक्सन कल्सन्टेन्ट (PAC) ले दुई दिने विपद् जोखिम न्यूनिकरणको स्थानीयकरण सम्बन्धी तालिम यस राप्ती गाउँपालिकाको सभाहलमा मिति २०७९ असोज १ र २ गते गरी सम्पन्न गरेको छ । सो कार्यक्रममा विपद् जोखिम बारे बुझाई, जोखिम सम्बन्धी नेपाल सरकारका नीतिहरु, जोखिम ब्यवस्थापन सुशासन, विपद् जोखिम समितिको काम र कर्तव्यहरु, कोष सञ्चालन कार्यविधि, लेखाजोखा मार्गदर्शन, आपतकालिन कार्यसञ्चालन केन्द्रको प्रावधान, जलवायु उत्थानशिल योजना, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आदीमा छलफल तथा सिकाई कार्यक्रम गरी उक्त तालिम सम्पन्न भएको थियो ।

आर्थिक वर्ष: