FAQs Complain Problems

समाचार

माघीको शुभकामना र शोक प्रस्ताव पारित गरि राप्तीको दोस्रो अधिवेशनको पहिलो बैठक सम्पन्न ।

भालुवाङ २९ पुस । राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको दोस्रो अधिवेशनको पहिलो बैठकले माघी पर्वको शुभकामना र शोक प्रस्ताव पारित गरेको छ । गाउँसभाको शुक्रबार राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा भएको पहिलो बैठकले गाउँसभाका अध्यक्ष प्रकाश विष्टले माघी पर्वका अवसरमा राप्ती गाउँपालिकाबासीहरूलाई शुभकामना व्यक्त गरेका छन् । उनले माघी पर्वले सवै जातजाति, भाषाभाषी, विभिन्न धर्मावलम्बीहरू बीच आत्मिय सम्बन्ध कायम रहोस् भन्ने कामना गरेका थिए । त्यस्तै अध्यक्ष विष्टले केही महिना अगाडि राप्ती गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य मुकेश चाैधरीको असमाहिक निधन प्रति दुख व्यक्त गर्दै शोकसन्तव्द परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । त्यस्तै गाउँसभाका सदस्यहरूले १ मिनेट माैन धारण समेत गरेका थिए । गाउँसभाका अध्यक्ष विष्टले दोस्रो गाउँसभाको दोस्रो अधिवेशनको दोस्रो बैठक आगामी माघ १५ गते बिहान ११ बजे गाउँपालिकाको सभाहल मसुरीया अह्ववान गरेका छन् ।

आर्थिक वर्ष: